
१५ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) सिरहाले अध्यक्ष उपेन्द्र यादवको नाम दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरेको छ ।
जिल्लाको क्षेत्र नम्बर १ र २ बाट उनको नाम सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अशोक यादवले जानकारी दिए । दुवै क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले अध्यक्ष यादवको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।
जिल्ला अध्यक्ष यादवका अनुसार क्षेत्रीय कमिटीको निर्णय जिल्ला कमिटीमा आइसकेको र यसबारे छलफल समेत सुरू भइसकेको छ ।
यसअघि बारा क्षेत्र नम्बर-२ कमिटीले पनि अध्यक्ष यादवको नाम सिफारिस गरिसकेको छ । अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका थिए ।
सबैतिर नाम सिफारिस भइरहदा अध्यक्ष यादव भने कहाँबाट चुनाव लड्ने भन्ने विषयमा केही बोलेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4