
१५ भदौ, कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसहित पाँच जनालाई कैलाली-४ बाट सिफारिस गरिएको छ ।
५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नं ४ को आज बसेको बैठकले महरसहित सुनिल कुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो ।
सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका- ४ नं क्षेत्रमा पर्दछ । पूर्वमाओवादीका सुदुरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटीका सचिव लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्ष तर्फ चुनाव जितेका थिए भने २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4