
१५ भदौं, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा कार्यरत उच्च अधिकारीको सरुवा गरेको छ । बुधबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।
स्वास्थ्यमन्त्री भवानी खापुङका विज्ञ सल्लाहकार डा. रमेश ढकालका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।
डा. मरासिनीलाई ट्रमामा सरुवा गरेपछि उनको स्थानमा डा सर्वेश शर्मालाई जिम्मेवारी दिएको छ । ट्रमामा यसअघि डा. प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी मन्त्रालयले जनाएको छ ।
यसैगरी, राधिका थपलियालाई प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा पठाइएको छ । यसअघि प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा यसअघि नारायण ढकाललाई पठाइएको थियो । उनी जान नमानेपछि थपलियालाई पठाइएको हो ।
कारागार अस्पतालको निर्देशकमा डा. प्रकाश बुढाथोकी र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा लक्ष्मीनारायण यादवलाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया 4