
काठमाडौं । फिल्म ‘झिंगेदाउ’को रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा बुधबार बेलुका सेलिब्रिटीको खचाखच उपस्थिति रह्यो ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, रविन्द्र खड्का लगायत प्रिमियरमा उपस्थित रहे । फिल्मका कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा पनि प्रिमियरमा सहभागी भए ।
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्म भीमनिधि तिवारीको कथामा आधारित छ ।
तस्वीर : शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4