
१६ भदौ, काठमाडौं । सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ ।
भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय रुपैयाँमा आइपुगेको छ । बुधबार ९४ हजार रुपैयाँमा छापावल, ९३ हजार ५०० र चाँदीको मूल्य ११ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4