
१६ भदौ, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु भएको छ । विमानस्थल कार्यालयका अनुसार ११ भदौदेखि यो विमानस्थलबाट पहिलो पटक फ्रान्सका लागि कार्गो निर्यात गरिएको छ ।
कुवेतहुँदै कार्गो फ्रान्स पठाइएको हो । हिमालेक्स ट्रेडर्सले उक्त सामान फ्रान्स पठाएको हो । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ । कार्गो सेवा सुरु भएसँगै वैदेशिक व्यापार समेत विस्तार हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4