
१६ भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ-४ बाट पाँच जनाको नाम सिफारिस भएको छ ।
नेताहरू महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, दिलिप गच्छदार र भक्ति माझीको नाम क्षेत्रीय समितिले सिफारिस गरेको नेता गुरुराज घिमिरेले जानकारी दिए ।
आचार्य यसअघि यसै क्षेत्रमा पराजित भएका थिए । आचार्यले १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएर पराजित बनेका थिए । घिमिरे प्रदेश-१ सभापतिमा पराजित नेता हुन् ।
सिफारिसमा परेका पराजुली विराटनगरका पूर्व मेयरसमेत हुन् । दिलिप गच्छदार संविधान सभाका सदस्य थिए ।
सिफारिसमा परेका माझी पूर्वडिआइजी हुन् । यस क्षेत्रमा अघिल्लो पटक बाम गठबन्धनबाट अमनलाल मोदीले जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4