+
+

शो र सेयर बाँडफाँटमा कुरा नमिलेपछि ‘स्पाइडरम्यान’को नेपाल रि-रिलिज स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १६:२५

काठमाडौं । शुक्रबार पुनः प्रदर्शनको तयारीमा रहेको हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’को नेपाल प्रदर्शन रोकिएको छ । १० मिनेटको नयाँ दृश्य थपिएर विश्वभर पुनः प्रदर्शन हुन लागेको फिल्म शुक्रबार नेपालमा पनि आउन लागेको थियो ।

तर शो र सेयर बाँडफाँटमा वितरक र मल्टिप्लेक्सबीच सहमति नजुटेपछि हलिउड स्टुडियो सोनी पछि हटेको हो । कम शो र सेयरमा मतैक्य नभएपछि सोनीले नेपालको आफ्नो वितरक एप्पल इन्टरटेनमेन्टलाई पछि हट्न भनेको हो ।

क्यूएफएक्स कम शोमा पनि रिलिजका लागि तयार भए पनि सोनीले प्रदर्शन अनुमति नदिएको हो । टम हल्याण्ड स्टारर यो फिल्मले अघिल्लो रिलिजको बेला ७ करोड ३० लाख रुपैयाँ ग्रस कमाएको थियो ।

‘स्पाइडरम्यान’ नआउने भएपछि शुक्रबार दुई नेपाली फिल्म झिंगेदाउ र सम्हालिन्छ कहिले मन मात्र प्रदर्शन हुने भएका छन् । अब यी दुई फिल्मसहित अहिले चलिरहेको फिल्म प्रकाशलाई केही राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?