
१६ भदौ, धनगढी । कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–३ र १९ मा नदीमा डुबेर दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले धनगढी-३ मा स्थानीय मोहन रानाका छोरा १० वर्षीय प्रिन्स र धनगढी–१९ स्थित मोहना नदीमै २७ वर्षीय माने भनिने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जानकारी दिए ।
नदीमा डुबेर बेपत्ता भएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4