
१६ भदौ, तानसेन । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर आवागमन बन्द भएको छ ।
एक महिना अघिदेखि राजमार्गको हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो सवारी सञ्चालन नै गर्न नमिल्नेगरी खसेको हो ।
सडक डिभिजन पाल्पाका अनुसार ६० मिटर सडक भासिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार कमजोर माटोमा निरन्तरको वर्षाका कारण पुरै सडक भासिएको हो ।
सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ ।
रातभर पानी नपरेमा तीन बटा मेसिनमार्फत भित्ता खनेर भोलि (शुक्रबार)देखि सडक खुलाउने प्रयास हुने सूचना अधिकारी लम्सालले बताए ।
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।
प्रतिक्रिया 4