
१६ भदौ, काठमाडौं । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले कर तिरेको छ ।
काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । यो मनोरन्जन करवापतको रकम हो ।
फनपार्कले साउनसम्मको बक्यौता तिरेको उनले जानकारी दिए । उनका अनुसार बहाल कर भने फनपार्कले समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको पाइएको छ । सोही अनुसार महानगरपालिकाले परिषद्लाई ताकेता गर्ने समेत उनले जानकारी दिए ।
यसअघि महानगरपालिकाले फनपार्कलाई कर तिर्न २४ घण्टाको समय दिएर बुधबार पत्र काटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4