
काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिट्यान्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प
र आईएमईबीच सम्झौता भएको छ ।
भारतमा बुधबार आयोजित कार्यक्रममा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आईएमईका तर्फबाट गौतम नैथानीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मुथुट फिनकर्पका सीईओ वर्गीसले सम्झौतासँगै नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३ हजार ६०० भन्दा बढी शाखाहरू मध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्ने बताए ।
आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले भारतमा आईएमईको पहुँच विस्तार भएको बताए ।
आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने बताए ।
आईएमईका गौतम नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिने बताए । ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4