
१६ भदौ, बुटवल । सडक भासिएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाृपालिका वडा नम्बर ३ मा पर्ने हिउँदेखोलानिर माथिबाट लेदोसहितको पहिरो झरेपछि करिब ४० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।
राजमार्ग नै भासिएका कारण उक्त खण्डमा सवारी साधन आवागमन बिहीबार दिउँसोदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
दिउँसो साढे ४ बजेदेखि अवरुद्ध उक्त सडक खण्डमा मोटरसाइकल समेत चल्न सक्ने अवस्था नभएको र सडक कहिलेसम्म खुल्ने बारे अन्योल रहेको थापाले बताए । सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4