+
+

बैंकिङ पत्रकारिता पुरस्कारका लागि सीबीफीन र नाफिजबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १७:२०

१६ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को आर्थिक सहयोगमा ‘सीबीफीन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सीबीफीन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्‍याउने हेतुले पुरस्कार प्रदान गर्ने सम्झौता गरेका हुन् ।

५० हजार रुपैयाँ राशीको यो वर्षको ‘सीबीफीन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ ३१ भदौमा हुने नाफिज वार्षिकोत्सवको विशेष समारोहमा २ जनालाई प्रदान गरिने जनाइएको छ ।

पुरस्कारका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय छनोट कार्यदल गठन हुने नाफिजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?