
१६ भदौ, काठमाडौं । सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङमाथि आपराधिक लाभ मार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैंया गैरकानूनी आर्जन गरेको अभियोग लगाएको हो ।
विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैंया विगो मागदावी गरेको छ । शाक्यले तामाङसँग कानुनी रूपमा सम्बन्धविच्छेद गरेकी छन् ।
तामाङको घर, जग्गा, सम्पत्ति जफतको माग समेत छ । उनीहरुविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4