
केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित
१७ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस क्षेत्रीय समितिले ६ जनाको नाम सिफारिस गरेको छ ।
दुई केन्द्रीय सदस्य सहित छ जनाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो । केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित र नानु बास्तोला, क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिहरु धर्मराज गौतम, तिर्थराम डंगोल र गौरीप्रसाद दवाडीको नाम सिफारिस गरिएको छ ।
क्षेत्रीय समितिको बैठकले सदस्य किरण गिरी, दामोदर गौतम, बासु कार्की र बन्दना खड्कालाई समानुपातिक तर्फ सिफारिस गरेको छ । गिरी पूर्व केन्द्रीय सदस्य हुन् भने अन्य महाधिवेशन प्रतिनिधि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4