
काठमाडौं । नाट्यप्रेमीलाई खुसीको खबर । शुक्रबारदेखि नेपाली नाटकघरमा चार नयाँ नाटकको मञ्चन सुरु हुँदैछ ।
मण्डला नाटकघरमा ‘२४ मा १२’ नाटक मञ्चन सुरु हुँदैछ । संगीत सापकोटा निर्देशित यो नाटकलाई उमेश सुनामले लेखेका हुन् । भदौ १७ गतेदेखि मञ्चन हुने यो नाटक सोमबार बाहेक असोज ९ गतेसम्म चल्नेछ ।
गन्धर्व थिएटर गैरापाटन पोखरामा ‘हिउँको पृथ्वी’ नाटक मञ्चन हुँदैछ । काठमाडौंमा नाटक सफल भएपछि शुक्रबारदेखि यो सन्देशमूलक नाटकले मोफसल यात्रा थालेको हो ।
जलवायु संकटको कथा पेश गर्ने यो नाटकलाई घिमिरे युवराज र अमजद प्रवेजले निर्देशन गरेका हुन् । शिल्पी थिएटरको प्रस्तुतिमा पोखरामा नाटक मञ्चन हुन लागेको हो ।
काठमाडौंको पुरानो घर नाटकघरमा शुक्रबारदेखि नयाँ नाटक ‘एन इन्सपेक्टर कल्स’ समेत मञ्चन हुँदैछ । डिटेक्टिभ जनरामा आधारित यो नाटक जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो ।
रातोपुलस्थित ओजस थिएटरमा पनि शुक्रबारदेखि नयाँ नाटक ‘असुर’को मञ्चन सुरु भएको छ । विवेक न्यौपाने घने निर्देशित नाटकले शक्ति प्राप्तिको लागि भोको व्यक्तिको कथा भन्छ ।
कौशी थिएटरमा नयाँ नाटक ‘घुमघामको घुमघाम’ मञ्चन सुरु भएको छ । मंगलबारबाहेक हरेक दिन टेकुस्थित यो थिएटरमा नाटक मञ्चन हुने जनाइएको छ ।
प्रतिक्रिया 4