
१७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकमा ४२ जनाको लागि रोजगारी खुलेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
केन्द्रीय बैंकले सहायक निर्देशक प्रशासन (अधिकृत तृतीय) पदमा १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र प्रशासनतर्फ सहायक द्वितीय पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो।
अनलाइनमार्फत १७ भदौ शुक्रबारदेखि १६ असोजसम्म आवेदन दिन सकिने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । सहायक निर्देशक पदको लागि अर्थशास्त्र, व्यवसथापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) मान्यताप्रापत शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनपर्नेछ ।
प्रशासनतर्फ सहायक द्वितीय पदमा आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्रतह वा प्लस २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनपर्नेछ । सहयाक निर्देशक पदमा २१ वर्ष पूरा भई ३५ वर्ष नकटेको हुनपर्छ । महिलाको हकमा ४० वर्ष नकटेको हुनपर्नेछ । यस्तै सहायक द्वितीय पदमा आवेदन दिनका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघको हुनुपर्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचनाः
प्रतिक्रिया 4