
काठमाडौं । नेपाल विज्ञापन संघ(आन)ले आयोजना गरेको गोल्डेन ओक १२औं कृति अवार्ड- २०७९ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन परेको छ ।
होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा ती विद्याहरुमा ४२५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्ट ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ । कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उपस्थिति रहेको थियो ।
विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डेन ओक १२औं कृति अवार्ड-२०७९ को तीन शीर्षकमध्य मेनस्ट्रिमअन्तगर्तका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तगर्तका विधाहरुमा उत्कृष्ट–३/३ छनोटहरुको घोषणा गरिएको हो । यस गोल्डेन ओक १२औं कृति अवार्डमा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए।
कृति अवार्ड-२०७९ को मुख्य प्रायोजकमा गोल्डेन ओक, पावर बाइमा बाल्ट्रा र डिसहोम रहेको छ । त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ पार्टनरका रुपमा मुक्तिनाथ विकास बैंक लिमिटेड, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाइमा आईटीपीएफ, प्रभु बैंक, सफ्टि हाइजिन,सेल पे र राष्ट्रिय बाणिज्य बैंक रहेका छन् । कृति अवार्डस समारोह होटल सोल्टिमा २५ भाद्रमा आयोजना हुँदैछ ।
कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइनखबर डट कम र हिमालय टीभी एचडिले गरेका थिए । कार्यक्रममा १२औं कृतिका ट्राभल पार्टनर—गुरु ट्राभल्स र आनबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
हेर्नुहोस् सूचीः
प्रतिक्रिया 4