
काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हिलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । दमकमा सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।
यस २ एस सर्भिस सेन्टरको बिहीबार दमक नगरपालिकाका मेयर राम थापाले गरे । सो अवसरमा उपमेयर रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा समेत उपस्थित थिए ।
अग्नि ग्रुपले देशभर नेटवर्कबाट सेवा दिइरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नि ग्रुपले आफ्ना विस्तारको लक्ष्य लिएको समेत बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4