+

भारतीय फुटबलको नेतृत्व कंग्रेस आईबाट भाजपामा, भाइचुङले ल्याए १ मत

२०७९ भदौ  १७ गते १५:४६ २०७९ भदौ १७ गते १५:४६
भारतीय फुटबलको नेतृत्व कंग्रेस आईबाट भाजपामा, भाइचुङले ल्याए १ मत

१७ भदौ, काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक कल्याण चोवे अल इण्डिया फुटबल फेडेरेसन (एआईएफएफ)को अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा चोवे ३३ मतसहित विजयी हुँदा राष्ट्रिय टोलीका सुपरस्टार स्ट्राइकर भुटियाले १ मतमात्र ल्याउन सके । निर्वाचन अगाडि नै चोवेलाई प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।

पश्चिम बंगालका ४५ वर्षीय चोवे भारतीय जनता पार्टीका नेतासमेत हुन् । चोवे भारतका दुई महारथी क्लबहरु मोहन बगान र वेष्ट बंगाल दुवैका लागि खेलेका फुटबलर हुन् ।

निर्वाचनमार्फत उपाध्यक्ष पदमा एनए ह्यारिस र कोषाध्यक्षमा किपा अजय विजयी भएका छन् ।

चोबे अध्यक्ष चुनिए लगत्तै भारतीय फुटबलको शक्ति लामो समयपछि कांग्रेस आईबाट भारतीय जनता पार्टीमा सरेको छ । कांग्रेस आईका नेता प्रफुल्ल पटेल सन् २००८ देखि एआईएफएफको अध्यक्ष थिए ।

सन् २०२० मै कार्यकाल सकिए पनि पटेलले नयाँ निर्वाचन गराउन सकेका थिएनन् । भारतीय फुटबलको विवाद अदालतसम्म पुगेको थियो ।

भारतको सर्वोच्च अदालतले अखिल भारतीय फुटबल महासंघ सञ्चालनका लागि अधिकारप्राप्त समिति बनाइदियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको नियम विपरीत तेस्रो पक्षको सिधा हस्तक्षेप भएपछि अघिल्लो महिन फिफाले एआईएफएफलाई निलम्बनको घोषणा गरेको थियो । सर्वोच्चले आफ्नो निर्णय सच्याएसँगै दुई साता नवित्दै भारतमाथि लागेको निलम्वन फुकुवा भएको थियो ।

भारतीय फुटबल महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय