
फाइल तस्वीर
१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रियसभा दलका नेता खिमलाल भट्टराईले सभामुख सत्ता गठबन्धनको पपेट (कठपुतली) बनेको आरोप लगाएका छन् ।
शुक्रबार नागरिकता विधेयकमाथि राष्ट्रिय सभामाथि भएको छलफलमा भाग लिँदै भट्टराईले संसदमा समन्वय गनुृपर्ने भूमिकामा सभामुख चुकेको बताए । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा गम्भीर रुपमा छलफल होला भन्ने सोचेको भए पनि त्यसो नभएको उनले बताए ।
सत्ता पक्षका नेताहरु बसेर हुबहु पास गर्ने निर्णय गरेको भन्दै उनले भने, ‘सत्ता पक्षका नेताहरुमा दम्भ छ, हामी दीर्घजीवी भयौं, यो सत्तालाई कसैले डगमगाउन सक्दैन भनेर अहंकार छ । त्यसको पपेडका रुपमा सभामुख हुनु दुःखद हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4