+
+

दीर्घमान चित्रकारका मल्लकालीन तस्वीर प्रदर्शनीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १६:०९

काठमाडौं । फोटोग्राफर तथा चित्रकार दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारका सयौं वर्ष पुराना तस्वीर काठमाडौंमा प्रदर्शनीमा राखिएको छ ।

मल्लकालीन समयदेखि राणाकालीन र शाहवंशीय राजाहरुका तस्वीर, त्यसबेलाको काठमाडौं र रहनसहन, संस्कृतिलाई लिएर खिचिएका तस्वीर होटल याक एण्ड यतिमा प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका तस्वीर र चित्रकलाले काठमाडौं उपत्यकाको इतिहास देखाउने दीर्घमानका नाति किरणमान चित्रकारले बताए । आफ्ना बाबुबाजेले कैद गरेका तस्वीरले काठमाडौंको इतिहास, संस्कृति र रहनसहनबारे नयाँ अनुसन्धातालाई ठूलो सहयोग पुग्ने उनले बताए ।

बुवाबाजेले संग्रह गरेका अनगिन्ती तस्वीर र चित्रकलाबाट छानेर केही महत्वपूर्ण तस्वीर प्रदर्शनीमा राखिएको चित्रकार पुस्ताकी नातिनी कृष्टिना चित्रकारले बताइन् । हजुरबुवाले मल्लकालीन समयदेखि कोरेका र खिचेका तस्वीर काठमाडौंलाई देखाउन महत्वपूर्ण भएको उनले बताइन् ।

प्रदर्शनीमा चित्रकारले कैद गरेका तस्वीर मात्रै होइन, हातले कोरेका सर्वसाधारणदेखि राणाकालीन समयका प्रधानमन्त्री तथा दरबारीयाहरुका चित्रसमेत राखिएको छ । पुराना तथा ऐतिहासिक महत्व बोकेका तस्वीर र चित्रका साथै दीर्घमानले चित्र कोर्न प्रयोग गर्ने सामग्री राखिएको काठको बाकस समेत प्रदर्शनीमा राखिएको छ ।

चित्रकार परिवारले ‘नेपाल रिमेम्बर्ड’ नामक पुस्तक समेत सार्वजनिक गरेको छ । जसमा नेपालका पुराना, ऐतिहासिक र महत्वपूर्ण तस्वीर समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?