
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।
भिसा लिडरसीप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो । कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरुलाई सम्मान गरिएको थियो ।
भिसाका लागि नेपाल प्रमुखले सहजीकरण गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको पनि सहभागिता रहेको थियो ।
फोन पेका अनुसार फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ भने फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4