
काठमाडौं । अर्थर गन नामले चर्चित गायक दिवेश पोखरेलको ‘टुबोर्ग होम कमिङ टुर’ जारी छ । काठमाडौंको क्लब प्लाटिनमबाट सुरु भएको उनको कन्सर्ट बुधबार बुटवलमा भएको छ ।
‘के पीर पर्यो तिमीलाई’ बोलको गीतबाट प्रस्तुति सुरु गरेका अर्थर गनले ‘लभ इज माइ रिडेम्पसन’, ‘न्यानो घर’ लगायत आफ्ना चर्चित गीत गाएर दर्शकलाई झुमाए । भरतपुर, पोखरामा कन्सर्ट गरिसकेका उनी धरान, विर्तामोड र कीर्तिपुरमा पनि चाँडै आफ्नो गायक प्रस्तुति दिंदैछन् ।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल सिजन-१८’को फाइनलिस्ट बनेपछि अर्थर गन विश्वभरका संगीतप्रेमीको नजरमा परेका हुन् ।
अर्थर गनको नेपाल कन्सर्टको प्रायोजक टुबोर्ग बियर हो । उनले शुक्रबार काठमाडौंको प्रिभे नेपालमा प्रस्तुति दिंदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4