
१७ भदौ, जनकपुरधाम । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण सप्तरीबाट प्रदेश सभा उम्मेदबारका लागि सिफारिस भएका छन् ।
सप्तरी क्षेत्र नम्बर २ ‘ख’ बाट उनको नाम सिफारिस गरिएको छ । क्षेत्रिय समितिको बैठकले उनीसहित २ नम्बर क्षेत्रीय सभापति महानन्द यादव, प्रदेश क्षेत्रीय सभापति श्यामकुमार यादव, नेताहरु ध्रुवकुमार देव र अर्जुनप्रसाद साहको नाम सिफारिस गरेको छ ।
कर्ण २०७४ सालको निर्वाचनमा पनि यहीं क्षेत्रबाट प्रदेश सभामै चुनाव लडेका थिए । यद्यपि, उनी पराजित भए । उनी संविधानसभा सदस्य पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4