
१८ भदौ, विराटनगर । पूर्व पश्चिम राजमार्गको सुनसरीको कोसी गाउँपालिका खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार विहान कोसी गाउँपालिका–११ पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार सप्तरी फत्तेपुर– ५ बस्ने ३५ वर्षीय प्रकाश गोजेवार र सप्तरी सप्तकोशी– ६ का ३६ वर्षीय दुर्गानन्द चौधरी गम्भिर घाइते भएका थिए । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।
गोजेवारको इनरुवा र चौधरी थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4