
१९ भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यकाो उम्मेदवारका लागि सिफारिस गरेको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए ।
०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका मुख्यमन्त्री राउत ९ हजार ८०४ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्दी विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याएका थिए भने एमालेका उम्मेदवार शम्भु प्रसादले २ हजार ८७६ मत ल्याएर तेस्रो बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4