
१९ भदौ, रौतहट । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।
शनिबार बसेको क्षेत्रीय समिति बैठकले सभापति यादवलाई रौतहट क्षेत्र १ ‘ख’बाट सर्वसम्मत प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
रौतहट क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्ने तयार गरेपछि यादवले मुख्यमन्त्रीको तयारी स्वरुप प्रदेश सभामा लड्ने तयारी गरेका हुन् ।
उनको नाम क्षेत्र १ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि पनि सिफारिस भएको छ । तर, गठबन्धनले माधव नेपाललाई उम्मेदवारी बनाए उनी प्रदेशबाट लड्नु पर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4