
१९ भदौ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
राप्रपा क्षेत्रीय समिति र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको राप्रपा नेता धर्म केसीले जानकारी दिए ।
बोहरालाई रुपन्देही–३ ले पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस गर्ने तयारी रहेको भन्दै उनले १ नै रोज्ने संभावना बलियो रहेको केसीले बताए ।
रुपन्देहीमा राप्रपा र एमालेबीच तालमेलका लागि छलफल समेत भइरहेको केसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4