१९ भदौ, काठमाडौँ । भारती क्रिकेट टिमका अलराउण्डर रविन्द्र जडेजाले अष्ट्रेलियामा हुने टी-२० विश्वकप गुमाउने खतरा बढेको छ ।
दायाँ घुँडामा लागेको चोटका कारण जडेजाको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । जसले गर्दा उनले अक्टोबर-नोभेम्बरमा अष्ट्रेलिया हुने विश्वकप खेल्नेमा शंका छ ।
‘जडेजाको दाहिने घुँडाको चोट निकै गम्भीर छ । उनको घुँडाको ठूलो शल्यक्रिया हुने र अनिश्चितकालका लागि उनी बाहिरिने बताइएको छ । एनसीएको मेडिकल टोलीले राम्रो रेखदेख गरेका उनको अन्तर्राष्ट्रिय पुनरागमनमा समसयसीमा लगाउन मिल्दैन’, बीसीसीआईका एक वरिष्ठ अधिकारीले भने ।
भारतीय प्रशिक्षक राहुल द्रविडले भने चोटका कारण जडेजाले एसिया कपका बाँकी खेल गुमाए पनि टी-२० विश्वकपबाट अहिल्यै आउट गर्नु छिटो हुने बताए । द्रविडले मेडिकल टिमले जडेजालाई राम्रोसँग हेरिरहेको र विश्वकप आउन समय बाँकी रहेकोले पनि अहिल्यै उनी विश्वकपबाट बाहिरिने निष्कर्षमा पुग्न नमिल्ने बताए ।
जडेजाले युएईमा भइरहेको एसिया कप अन्तर्गत समूह चरणमा पाकिस्तान र हङकङ विरुद्ध खेलेका थिए । उनको अलराउण्ड क्षमताले टिमलाई सन्तुलित बनाएको थियो । बीसीसीआईले जडेजाको स्थानमा यसअघि नै अक्षर पटेललाई टिममा रखेको छ । भारतले सुफर फोरमा आज (आइतबार) राति पाकिस्तानसँग खेल्दैछ ।
प्रतिक्रिया 4