
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले मोबाइल बैंकिङबाट गरिने फन्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ । सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा उक्त अफर सार्वजनिक गरेको बैंकले जनाएको छ ।
अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फन्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरुमध्ये १०२ जनाले १०२ क्यासब्याक प्राप्त गर्ने जनाएको छ । उक्त अफर अफर १९ भदौदेखि २९ असोज २०७९ सम्म लागू हुनेछ ।
आइतबारदेखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने नेपाल क्लियरिङ हाउसले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसको जानकारी हरेक हप्ताको अन्त्यपछि कनेक्ट आईपीएस डटकममा प्रकाशन गरिने जनाइएको छ ।
फन्ड ट्रान्सफर गर्नका लागि मोबाइल बैंकिङ एपमा लग–इन गरी, ‘फन्ड ट्रान्फर’ वा सेन्ड मनि मा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसको छनोट गर्नुपर्ने छ । फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यो अफरले थप प्रर्वद्धन गर्ने विश्वास जनाएको छ । कनेक्ट आईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङमा उपलब्ध रहेको छ ।
प्रतिक्रिया 4