+
+

डकैती गरेको आरोपमा २ जना पक्राउ दुई थान बन्दुक र गोली बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १७:४७

१९ भदौ, वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रा.लिमा शनिबार मध्यरातमा डकैती गर्न गएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नं. १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ ।

राति नै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रहरीले घटनास्थलबाट २ थान गोलीसहित कटुवा बन्दुक र भरूवा बन्दुक समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक रामकाजी थापाका अनुसार जीतपुर सिमरा–२३ भलुही मा रहेको एरोटेक प्रा.लि.मा शनिबारराति १०/१२ जनाको समूहले हात–हतियारसहित प्रवेश गरी धनमाल लुटिरहेको खबर प्रहरीलाई आएको थियो ।

बारा प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । हतियारधारी समूहले उद्योगको स्टोर कोठामा राखेको सिलिण्डर बनाउन प्रयोग हुने पित्तलको भल्भ, जींक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाइल समेत डाँका गरेर भाग्दै थिए । पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरी टोलीलाई लक्षित गरेर एक राउण्ड फायर गरेका थिए । प्रहरीले ३ राउण्ड गोली प्रहार गरी त्यो समूहका दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ गर्ने क्रममा उनीहरुको आक्रमणबाट प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको । उनको वीरगञ्ज हेल्थ केयर हस्पीटलमा उपचार भइरहेको छ । फरार अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?