
१९ भदौ, रोल्पा । नेकपा एमाले रोल्पाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्णबहादुर वुढामगरको नाम सिफारिस गरेको छ । वुढामगर पूर्व माओवादी हुन् ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ नवीन रोकामगर, कुमार दशौदी, ईश्वरी जीएम, रिमा नेपाली र मिना वुढामगरको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार रोकामगर पूर्व माओवादी हुन् ।
प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं. (क) मा जयप्रकाश वुढामगर र (ख) वाट प्रेमबहादुर घर्तीमगरको नाम सिफारिस गरेको छ । प्रदेश सभा (क) का उम्मेदवार रोकामगर पूर्व माओवादी हुन् ।
प्रदेश सभाको समानुपातिकतर्फ यमुना रोका तामाङ, सावित्रा कुमारी वुढा (घर्ती), राजेन्द्र वुढाथोकी र ओमराज घर्तीमगर सिफारिस भएको नेकपा एमाले रोल्पाका सचिवालय सदस्य दयाराम डागीले जानकारी दिए ।
प्रदेश सभा समानुपातिक तर्फका उम्मेदवार रोका तामाङ पूर्व माओवादी हुन् ।
प्रतिक्रिया 4