
२० भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।
मुख्यमन्त्री राईकी आमा ८४ वर्षीया धनकुमारी राईको सोमबार बिहान १० : २५ मा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो ।
धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।
उनको पार्थिव् शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै प्राङ्गणमा राखिएको छ ।
धनकुमारी विक्रम सम्बत १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4