
२० भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन् । स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति उति नै हुने उनले बताए ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमवार हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले भने, ‘जति स्थानीय सरकारलाई अधिकार दियो त्यति प्रगति हुन्छ भन्ने मूल्य र मान्यता, यसको विश्वास सरकारले लिएको छ । बिस्तारै बिस्तारै स्थानीय सरकारलाई अधिकार नदिइकन, जुनजुन अधिकार छ संविधानमा तोकिएको त्यो अधिकार स्थानीय सरकारलाई दिनैपर्छ ।’
उनले सातै प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जनताको जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
प्रदेश र स्थानीय सरकारले रोजगारमुलक र व्यवसायमुलक शिक्षाका साथै उत्पादनमुलक उद्योगहरुको प्रवर्द्धन हुने गरी ऐन, नियम तथा कानूनहरु बनाउनुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया 4