
काठमाडौं । सामसङले ‘सामसङ ग्यालेक्सी ए१३’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक गरिएको फोन सामसङको ‘ए’ सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीको भनाइ छ ।
फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको जनाएको छ । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने उपभोक्ताको माग पूरा गर्नका लागि यो फोन उत्तम रहेको दाबी कम्पनीले गरेको छ ।
सार्वजनिक भएको नयाँ फोन युवालाई सबै हाइ–एन्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र यसको शक्तिशाली प्रोसेसर सहितको फोन उचित मूल्यमा दिने जनाएको छ ।
फोनमा क्वाड क्यामेराको माथिल्लो भागमा ५० मेगाफिक्सेल मेन क्यामेरा रहेको जनाएको छ । जसमा ५ मेगाफिक्सेल अल्ट्रावाइड र २ मेगाफिक्सेल डेप्थ र म्याक्रो सेन्सरहरू रहेको जनाएको छ । यस्तै अगाडि ८ मेगाफिक्सेल सेन्सरहरू छन्। यी संयोजनले उच्च गुणस्तरका तस्वीरहरू र भिडियोहरू प्रदान गर्न राम्रोसँग काम गर्ने जनाएको छ ।
फोनमा १५ वाट फास्ट चार्जिङ र ५००० एमएएच ब्याट्रीको साथै, ब्याट्री लाइफ एक वा दुई लामो रेकर्डिङ सेन्सरको लागि समस्या नहुने र फोनमा ब्याट्रीहरू लामो समयसम्म टिक्ने जनाएको छ ।
उक्त फोनमा मेमोरी कार्ड स्लटको समावेशको साथै पहिले नै ठूलो आन्तरिक स्टोरेज क्षमता विस्तार गर्ने विकल्प र स्टोरेज स्पेसलाई १ टीब सम्म विस्तार गर्न सक्ने जनाएको छ ।
‘ग्यालेक्सी ए१३’ पोर्टफोलियोमा उत्कृष्ट थपिनुको साथै युवा सिर्जनाकर्ताहरूका लागि एकदमै उपयुक्त रहेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए । गेमिङ जस्ता उच्च प्रदर्शन गतिविधिहरूका लागि सबैभन्दा धेरै आवश्यक परेको बेला र्यामलाई बढावा दिन र्याम प्लस जस्ता नयाँ युग सुविधाहरूको परिचय दिएर उत्कृष्ट समग्र अनुभव प्रदान गर्न केन्द्रित रहेको उनको भनाइ छ ।
यो फोनको मूल्य २१ हजार ४९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4