
२० भदौ, काठमाडौं । आगामी अक्टोबर २४ देखि विभिन्न आइफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । रिपोर्ट अनुसार ह्वाट्सएपमा हुने नयाँ अपडेटसँगै आइओएस १० र आइओएस ११ अपरेटिंग सिस्टममा चल्ने आइफोनमा ह्वाट्सएप चल्नेछैन ।
यो सँगै आइफोन ५ र आइफोन ५ सी मा ह्वाट्सएपले काम गर्नेछैन । किनकी यी दुई आइफोनमा पछिल्लो आइओएस अपडेट इन्स्टल गर्न सम्भव छैन । यद्यपि आइफोन ५ एस र त्यसपछिका मोडेलमा अझैपनि आइओएस १२ को सपोर्ट प्राप्त हुन्छ । त्यसैले ती फोनमा ह्वाट्सएपले काम गर्नेछ र त्यसका लागि ती फोनमा आइओएस १२ अपडेट गर्नुपर्नेछ ।
ह्वाट्सएपले आफ्नो पेजमार्फत् उक्त जानकारी गराएको छ । हाल एन्ड्रोइड ४.१ र त्यसपछिका स्मार्टफोनमा ह्वाट्सएप चल्दछ ।
रिपोर्ट अनुसार ह्वाट्सएपमा उक्त अपडेटको असर निकै कम प्रयोगकर्तामा पर्नेछ । किनकी हाल ८९ प्रतिशत आइफोन प्रयोगकर्ताले आइओएस १५ मा अपग्रेड गरिसकेका छन् । केवल ४ प्रतिशत प्रयोगकर्ताले मात्रै आइओएस १३ र त्यसभन्दा पूराना संस्करणको अपरेटिंग सिस्टमका आइफोन प्रयोग गरिरहेका छन्।
आइफोन प्रयोगकर्ताले आफ्नो आइफोनमा पछिलो आइओएस अपडेट चेक गर्न सक्दछन् । त्यसका लागि Settings >General >Software Upgrade मा जानु पर्दछ ।
ह्वाट्सएपले यसअघि पनि विभिन्न फोनका लागि सपोर्ट अन्त्य गरिसकेको छ । प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउनका लागि ह्वाट्सएपले नयाँ नयाँ फिचर्समा काम गरिरहेको हुन्छ । त्यसैले पूरानो भर्सनको ह्वाट्सएपमा नयाँ फिचर्स प्रयोग गर्न पाइँदैन । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4