
२० भदौ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा सिफारिस भएका छन् ।
सोमबार बसेको क्षेत्रीय बैठकले पार्टी अध्यक्ष ठाकुरसहित ४ जनाको नाम सिफारिस गरेको हो ।
जिल्ला कमिटि सदस्य रमेश सर्राफले बारा क्षेत्र नं ४ मा पार्टीको संगठन बलियो रहेकाले अध्यक्ष ठाकुरलाई लड्न आग्रह गरिएको जानकारी दिए ।
अध्यक्ष ठाकुरसहित सांसद एकवाल मियाँ, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता र नेता शिवजी साहको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । मियाँ ०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
२२ हजार २७५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा मियाँ निर्वाचित हुँदा नेपाल कम्युनिष्ट पार्टी एमालेका देव नारायण थारु २० हजार ६०७ मत ल्याएर दोस्रो भएका थिए ।
प्रतिक्रिया 4