
२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीको नाम समानुपातिकमा सिफारिस गरिएको छ ।
सोलुखुम्बुबाट निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आएका केसीलाई यसपटक समानुपातिक तर्फ राखिएको छ । समानुपातिकमा उनीसहित आठ जनाको नाम सिफारिस गरिएको जिल्ला सभापति नामगेल जाङ्वु शेर्पाले जानकारी दिए ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ आङ्गेलु शेर्पाको एकल नाम सिफारिस गरिएको छ । शेर्पा केन्द्रीय सदस्य हुन् ।
‘बलबहादुर दाइले प्रत्यक्षतर्फ रहर गर्नुभएन । २०७४ सालमै उहाँले अर्को चुनावमा नलड्ने घोषणा गर्नुभएको थियो ।’ जिल्ला सभापति नामगेलले भने,‘साथीहरुको इच्छा अनुसार आफू समानुपातिकमा बस्ने भन्नुभएको छ ।’
समानूपातिकतर्फ केसीको नाम पहिलो सूचीमा राखिएको छ । गत निर्वाचनमा माओवादीका उम्मेदवारसँग केसी पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4