
२० भदौ, काठमाडौं । बेलायतले अर्काे तीन वर्षपछि महिला प्रधानमन्त्री पाउने भएकाे छ ।
ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिस्पर्धीमध्ये लिज ट्रुस प्रधानमन्त्री बन्न लागेकी हुन् । उनले भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै याे सफलता पाउँदै छिन् ।
समाचार संस्था एपीका अनुसार पार्टीका एक लाख ८० हजार सदस्यहरुकाे बीचमा उनलाई अघि सारिएकाे थियाे । उनले ८१ हजार भोट पाउँदै गर्दा ऋषि ६० हजारमा अड्किएका थिए ।
मार्गरेट थ्याचर पहिलाे महिला प्रधानमन्त्री बनेकाे तीन दशकपछि सन् २०१६ मा थेरेसा मे दाेस्राे महिला प्रधानमन्त्री बनेकी थिइन् । बाेरिस जाेनसनकाे राजीनामासँगै लिज ट्रुस नेतृत्वमा आउने भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4