
२० भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले चुनावमा सिट बाँडफाँटका लागि क्षेत्रगत छलफल सुरु गरेको छ ।
शीर्ष नेताहरुको निर्देशनअनुसार सोमबार बसेको कार्यदलको बैठकमा दलहरुले आ आफ्नो धारणा राखेका थिए । ‘कुन दलले कुन क्षेत्र आ आफ्नो दाबीका क्षेत्रबारे केही कुरा भए । निर्णय हुन सकेन’, कार्यदलका सदस्य तथा कांग्रेस महामन्त्री गगन थापाले भने, ‘भोलि टुंगाउने गरि बैठक बस्ने कुरा भएको छ ।’
सिट संख्याबारे सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुले कार्यदललाई क्षेत्रगत रुपमा सहमति खोज्न भनेका थिए ।
भोलि (मंगलबार) साँझ ६ बजे बैठक फेरि गरि आजको बैठक टुंगिएको कार्यदलका सदस्य हिमलाल पुरीले बताए । उनका अनुसार दाबी गरेको सिट संख्यामा कुनै दल पनि घट्न तयार नभए पनि क्षेत्रगत छलफल सुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4