
२० भदौ,बुटवल । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेले उम्मेदवारका लागि सूर्य थापाको नाम सिफारिस गरेको छ । थापा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् ।
सोमबार पार्टी कार्यालय बिजुवारमा बसेको जिल्ला कमिटीको बैठकमा संविधानसभा सदस्य हिरा बहादुर केसीले थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । बैठकले उनको एकल नाम सिफारिस गरेको जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए ।
एमालेले प्रदेश सभा (क)मा तुल्सीराम शर्मा र (ख) मा केन्द्रीय सदस्य एवं प्यूठान सह-इन्चार्ज हरि रिजाललाई सर्वसम्मत सिफारिस गरेको अध्यक्ष विष्टले बताए ।
प्युठानमा सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै वामदेव गौतम पनि प्युठानबाटै चुनाव लड्ने चर्चा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4