+
+

रुपन्देही १ मा भुसालको सिफारिस रोक्ने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते २२:२१

१९ भदौ, बुटवल । नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट धनश्याम भुसालको नाम सिफारिस भयो । १ मा छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम आएको छ ।

क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ । प्रदेशमा नाम सिफारिस गर्न सोमबार बसेको बैठकमा रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्नेमा चर्को विवाद भएको छ ।

सहमति जुट्न नसकेपछि बैठक भोलि मंगलबारलाई सरेको छ ।

भुसालको घर क्षेत्र नम्बर १ मा पर्छ । अघिल्लो चुनावमै उनी त्यहीबाट उठ्न चाहेका थिए । तर यहाँ छविलाल विश्वकर्मालाई त्यहाँ टिकट दिइयो भने भुसाललाई ३ मा । राप्रपाका दीपक बोहोरालाई हराएर भुसाल सांसद चुनिए ।

यो पटक उनको नाम क्षेत्र नम्बर १ को कमिटीले नै पठायो । तर दुबै क्षेत्रबाट पठाउँदा केन्द्रीय नेतृत्व दबावमा पर्ने भन्दै एकबाट हटाउन खोजिएको एक जिल्ला नेताले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?