
२१ भदौ, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।
आज (मंगलवार) बिहान रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4