२१ भदौ, काठमाडौं । वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपनको चौथो चरणबाट बाहिरिएपछि स्पेनिस सुपरस्टार रफायल नाडालले आफू खेलमा फर्किने समयको टुंगो नभएको बताएका छन् ।
३६ वर्षीय नाडालकी श्रीमती गर्भवती छिन् ।
कीर्तिमानी २२ पल्ट ग्राण्डस्लाम टेनिसको उपाधि जितेका नाडाल मंगलबार बिहान भएको स्पर्धामा अमेरिकाका फ्रान्सेस टियाफोसँग ३–१ को सेटमा पराजित भएका थिए ।
‘म फर्किनु जरुरी छ । किनभने मैले धेरै कुराहरु मिलाउन बाँकी छ । खेलमा कहिले फर्किन्छु भनेर म महिले नै भन्न सक्दिनँ,’ नाडालले भने, ‘म मानसिक रुपमा तयार हुने प्रयासमा हुनेछु । जव मलाई फेरि प्रतिस्पर्धामा सहभागी हुनुपर्छ भन्ने लाग्छ, त्यतिबेला कोर्टमा आउनेछु ।’
नाडाले सेप्टेम्बर २३ देखि २५ म्मि रोजर फेडेरर, नोभाक जोकोभिच र एण्डी मर्रेसँग लेभर कप खेल्ने तालिका छ ।
२२औं वरीयताप्राप्त टियाफोसँगको हार वर्ष २०२२ मा नाडालको पहिलो ग्राण्डस्लाम पराजय हो । उनी पाँचौंपल्ट युएस ओपन जित्ने लक्ष्यमा थिए ।
पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट बाहिर भएयता उनको यो दोस्रो प्रतियोगिता हो । त्यसअघि उनी सिन्सिनाटी ओपनमा उनी पहिलो चरणमै पराजित भएका थिए ।
दोस्रो वरीयताका नाडालले तेस्रो चरणमा फ्रान्सका रिचार्ड ग्यास्केटमाथि सानदार विजय हासिल गरेका थिए । तर न्युयोर्कमा घरेलु समर्थकबाट भरिपूर्ण रंगशालामा उनी टियोफीसँग हारे ।
‘यसमा सामान्य कुरा छ । मैले खराव खेल खेलेँ, उनले राम्रो खेल खेले,’ यो वर्ष अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले भने, ‘म लामो समयसम्म टेनिसको उच्चस्तर घारण गर्न सक्षम हुँदिन । टेनिस पोजिसनको खेल हो । यहाँ तपाई निकै तीव्र र युवा हुनु जरुरी छ । म अब त्यो अवस्थामा छैन ।’
नाडाल र मरिन किलिक पनि पराजित भएपछि युएस ओपनको यो संस्करणले नयाँ ग्राण्डस्लाम विजेता जन्माउँदैछ ।
प्रतिक्रिया 4