+

सुरेश रैनाले लिए सन्यास

२०७९ भदौ  २१ गते १४:३९ २०७९ भदौ २१ गते १४:३९
सुरेश रैनाले लिए सन्यास

२१ भदौ, काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार ट्वीट गर्दै आफूले सबैप्रकारको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

‘मेरा लागि देश र राज्यको लागि खेल्न पाउनु सौभाग्यको कुरा हो । म आजबाट सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषण गर्दछु,’ उनले लेखेका छन्, ‘म र मेरो क्षमतामा विश्वास गर्दिनु भएकोमा बीसीसीआई, युपी क्रिकेट, चेन्चाई आइपीएल र राजीव शुक्ला सरलाई धन्यवाद दिन चाहन्छु ।’

उनले यसअघि नै सम्झौता भएका रोडसेफ्टी सिरिजसहित दक्षिण अफ्रिका, श्रीलंका र युएईमा हुने फ्रेञ्चाइज क्रिकेट भने खेल्ने छन् ।

उनले सन् २००५ बाट भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । रैनाले १०९ फष्ट क्लास खेलमा ६ हजार ७१ रन बनाएका छन् ।

लिष्ट एमा ८ हजार ७ रन, टी–२० मा ३३६ खेल खेल्दै ८ हजार ६५४ रन बनाए । उनी आईपीएलमा चेन्नई सुपर किङ्सका महत्वपूर्ण खेलाडी हुन् । उनले सन् २०१८ देखि फर्स्ट क्लास र लिस्ट ए क्रिकेट खेलेका छैनन् । उनले गत अक्टुबरमा आईपीएल खेलेका थिए ।

उनी भारतका लेजेन्ड क्रिकेटर महेन्द्र सिंह धोनीपछि सन्यास लिने अर्का क्रिकेटर हुन् । धोनीले २०२० मा सन्यास लिएका थिए ।

सुरेश रैना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०