
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आईएमई बैंकको एटीएम संख्या २७३ पुगेको बैंकले जनाएको छ ।
बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री र बैंकका लुम्बिनी प्रदेश प्रमुख र रवी श्रेष्ठले उक्त एटीएम बुथको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष क्षेत्रीले एटीएम सेवा सञ्चालनमा आएसँगै सेवाग्राहीलाई थप सुविधा पुगेको बताएका थिए ।
देशभर २८९ शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4