
२१ भदौ, काठमाडौं । गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।
‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए ।
उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । गणपूरक संख्या पुग्नका लागि प्रतिनिधि सभा सदस्यको एक चौथाई अर्थात ६९ जना उपस्थित हुनु पर्ने थियो ।
बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4