+

सीप्यान अवार्डमा इमर्जिङ खेलाडीको मनोनयन सार्वजनिक

२०७९ भदौ  २१ गते १७:५४ २०७९ भदौ २१ गते १७:५४
सीप्यान अवार्डमा इमर्जिङ खेलाडीको मनोनयन सार्वजनिक

२१ भदौ, काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान)ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डको दोस्रो संस्करणका लागि इमर्जिङ खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक गरिएको मनोनयनमा राष्ट्रिय टिमका ब्याटर देव खनाल, अलराउण्डर आदिल आलम, बलर सागर ढकाल, ब्याटर लोकेश बम र महिला टोलीकी उदीयमान बलर हिरनमई रोय मनोनयनमा परेका छन् ।

सन् २०१९ मा पहिलो संस्करण आयोजना गरेको सीप्यानले कोरोना महामारीका कारण त्यसपछिका वर्षहरुमा अवार्ड गर्न सकेको थिएन । यस संस्करणमा पछिल्लो दुई वर्षको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिँदैछ ।

इमर्जिङ खेलाडीका लागि भने सन् २०२२ मा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरिएको हो । यो अवार्डका विजेताले करसहित ६६ हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

अवार्डमा चार विधा छन् । वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक हुन बाँकी छ ।

समर्थकको मतका आधारमा निर्णय हुने ‘मोमेन्ट अफ द इयर’को मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । वर्ष उत्कृष्ट पुरुष र महिला तथा मोमेन्ट अफ द इयरको विजेताले १ लाख ३२ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । सबै विधाको विजेताको घोषणा शुक्रबार हुने अवार्ड समारोहमा हुनेछ ।

सीप्यान अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय